प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । तर एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेश गरेका हुन् । त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुँरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक ट