दल सम्बन्धी अध्यादेशप्रति मानव अधिकार तथा शान्ति समाजको आपत्ति

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएकोप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । समाजका तर्फबाट महासचिव रामकृष्ण बरालले प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश आपत्तिजनक रहेको जनाएका छन् । ‘प्रतिनिधिसभा अधिवेशन अकस्मात अन्त्य गरेलगत्तै सरकारले राजनीतिक दलहरूको विभाजनलाई बढावा दिने गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपश्चात राष्ट्रपतिबाट यस सम्बन्धी अध्यादेश जारी भएकोप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । ...

सम्बन्धित सामग्री

शान्ति समाज काठमाडौंको २६औं साधारणसभा

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाको २६औ वार्षिक साधारणसभा जिल्ला सभापति भगवान् पुडासैनीको सभापतित्वमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।...

प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकता

नेपालको सन्दर्भमा २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका दौरान एक दर्जन भन्दा बढी पत्रकारहरू सुरक्षा निकाय र ने.क.पा. (माओवादी) द्वारा मारिएका तीतो यथार्थ हामीसामु छ। त्यसमध्ये माओवादीबाट मारिएका पत्रकार डेकेन्द्रराज थापा मानव अधिकार तथा शान्ति समाज दैले...

राष्ट्रपति भण्डारीको आचरणको मानव अधिकार तथा शान्ति समाज निन्दा गर्छ: शान्ति समाज

काठमाडाैँ- मानव अधिकार तथा शान्ति समाजले संसदका दुवै सदनबाट पारित भई आएको विधेयकलाई संविधान अनुरूप प्रमाणीकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति विद्यादेवी भण्डारी विमुख हुनु आपत्तिजनक भएको ठहर गरेको छ। ‘संसदबाट पारित विधेयकमा राष्ट्रपतिको असहमति भए त्यस्तो अवस्थामा एकपटक पुर्नविचारका लागि संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक अधिकार राष्ट्रपतिले प्रयोग गरिसक्नु भएको छ’, शान्ति समाजका सभापति गोविन्द खनालले […]

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बुटवलमा प्रदर्शन

४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । विश्वका विभिन्न देशमा भएको युद्ध रोक्न आग्रह गर्दै बुटवलको चौराहामा मंगलबार प्रदर्शन गरिएको हो ।प्रदर्शनका क्रममा सहभागीले रुसलाई युक्रेनमाथिको युद्ध तत्काल रोक्न आग्रह गरेका छन् । समाजले युद्ध निषेध, शान्ति विशेष, युक्रेनबाट तत्काल सैनिक फिर्ता गरी युद्ध अन्त्य गर, शान्ति दिवसको सन्देश : युद्ध निषेध, शान्ति विशेष लगायतका विभिन्न प्ले कार्डसहित प्रदर्शन गरिएको थियो ।

लागु औषध दुर्व्यसनविरुद्ध सामूहिक प्रयास

काठमाडौँ । समाजमा बढ्दै गएको लागूपदार्थ दुर्व्यसनविरुद्ध सामाजिक स्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् । ढिला नगरी लागु औषध दुर्व्यसन अन्त्यका लागि सामाजिक […]

रुसलाई युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्दै बौद्धमा प्रदर्शन

काठमाडौं : युक्रेनमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै बौद्धमा प्रदर्शन भएको छ। मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले सोमबार बिहानै बौद्धमा प्रदर्शन गरेको हो। उनीहरुले रुसलाई तत्काल युद्ध रोक्न माग गर्दै एस टु पिस नो टु वार, सेभ पिपल फ्रम वारजस्ता प्ले कार्ड बोकेर मैनबत्ती बाल्दै प्रदर्शन गरेका थिए।

शान्ति समाजद्वारा निर्वाचन मितव्ययी बनाउन आग्रह

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले राजनीतिक दलहरूलाई अब आउने निर्वाचन प्रविधिमैत्री र मितव्ययी बनाउन  आग्रह गर्दै अहिंसात्मक र मित्रवत प्रतिस्पर्धामा ध्यानाकर्षण गराएको छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा आज बुटवलमा ‘प्रविधिमैत्री, मितव्ययी, अहिंसात्मक र मित्रवत प्रतिस्पर्धात्मक निर्वाचन राष्ट्रको आवश्यकता’ बिषयक अन्तरक्रियामा समाजले निर्वाचनहरु प्रभावित हुन नहुने भन्दै दलहरूको ध्यानाकर्षण समेत गराएको छ । सो अवसरमा  बोल्दै लुम्बिनीका  प्रदेशका पर्यटन, ग्

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेको छ । मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएकाले प्रधानन्यायाधीश जबराले शीघ्र राजीनामा दिनुपर्ने, नभए महाभियोग लगाउन पनि समाजले सम्वद्ध सबै दलहरूलाई आग्रह गरेको छ ।धर्नालाई सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कू कर्मले लोकतन्त्रको उपहास गरे

लुम्बिनीको सञ्चार विधेयक पुनर्लेखन गर्न माग

२६ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक पुनर्लेखन गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति, नेपालबार एशोसिएसन, मानव अधिकार तथा शान्ति समाज लगायतका संघसंस्थाका प्रतिनिधिले उक्त विधेयकका कयौं प्रावधान संविधान र संघीय कानून विपरीत रहेको भन्दै पुनर्लेखनको माग गरेका हुन् । नेपाल पत्रकार महासंघ लुम्बिनी […]

प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेसले निरन्तर आन्दोलन गर्ने

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताए । कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, कवि अर्जुन पराजुली, समाजका सभापति उत्तम पुडासैनी, काठम...