काठमाडौं: सर्वाेच्च अदालतकाे रजिस्ट्रारमा निर्मला पौडेल (भट्टराई) सिफारिस भएकी छन्। न्याय सेवा आयाेगले आइतबार पौडेललाई रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेकाे हो। रजिस्ट्रारको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ।
उनी नेपालको न्यायिक इतिहासमा सर्वोच्चको रजिस्ट्रार हुने पहिलो महिला हुन्।
पौडेल यसअघि पारिवारिक कारण देखाउँदै जिल्ला अदालतकाे न्यायाधीशको जिम्मेवारी अस्वीकार गरेकी थिइन्। सर्वोच्चमा उपरजिस्ट्रामा कार्यरत…