काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शृङ्खलाबद्ध रूपमा संविधानको उल्लङ्घन भएको भन्दै संविधानको रक्षा गर्न सर्वोच्च अदालत गएकाे बताउनुभएको छ ।
सभामुख सापकोटाले शुक्रवार पत्रकार सम्मेलन गर्दै सरकारले शृङ्खालाबद्ध रूपमा संविधान उल्लङ्घन गरेका कारण संविधानको रक्षा, संरक्षण र संवर्द्धनका लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताउनुभएको हो ।
सभामुख सापकोटाले संसदीय सुनुवाइविना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्...