३० हजार घुस माग्ने नासुलाई तीन महिना कैद, प्रतिकूल बकपत्र गर्ने पनि दोषी

वैदेशिक रोजगार कसुरमा पक्षबाट घुस माग्ने नायव सुब्बा भ्रष्टाचार मुद्दामा दोषी पाइएका छन् । वैदेशिक रोजगार विभाग बुद्धनगरका प्रमोद पाण्डेलाई विशेष अदालतले शुक्रबार तीन महिना कैद सजाय सुनाएको हो ।  विशेषका...

सम्बन्धित सामग्री

प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

काठमाडौं : ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रत

सरकारी चिनी भण्डार १ वर्षदेखि रित्तै  : चाडपर्वमा कालोबजारी र महँगीको चिन्ता

काठमाडौं  । सरकारको चिनी भण्डार १ वर्षदेखि रित्तै छ । भन्सार छूटको चिनी आयात र विक्रीवितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी आयातका लागि पटकपटक अनुमति मागे पनि अर्थ मन्त्रालयले नदिँदा १ वर्षदेखि सरकारको चिनी भण्डार रित्तै बसेको हो । तीन वर्षदेखि भन्सार छूटको चिनी आयात गर्न नपाएको यी निकायका अधिकारी बताउँछन् । साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले पटकपटक आफूहरूले भन्सार छूटको चिनी आयात गर्न गरेको प्रयास अर्थ मन्त्रालयको असहयोगको कारण सफल हुन नसकेको बताए । ‘चाडपर्व नजिकिँदै छ । त्यसैले दशैं र तिहारलाई दृष्टिगत गर्दै हामीले ५० हजार मेट्रिक टन चिनी आयातको स्वीकृति माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएका थियौं । मन्त्रालयले पनि अर्थसँग स्वीकृति लिनुपर्ने हुन्छ । उक्त पत्र अर्थ मन्त्रालयमा पठाएको पनि महीना दिन नाघिसक्यो, अझैसम्म प्रतिक्रिया आएको छैन,’ उनले आर्थिक अभियानसँग भने ।  गतवर्ष दशैंअघि पनि साल्ट ट्रेडिङले भन्सार छूटको चिनी आयात गर्ने अनुमति माग्दा अर्थले बेवास्ता गरेपछि आयात प्रक्रिया नै रद्द भएको थियो । यसअघि साल्ट ट्रेडिङले २०७७ मा ल्याएको २० हजार मेट्रिक टन चिनी सकिन थालेपछि थोकमा विक्री गर्न छाडेर खुद्रा मात्रै २ वर्षजति विक्री गरेको राजभण्डारी बताउँछन् । पोहोर दशैंदेखि साल्ट ट्रेडिङको चिनी भण्डार रित्तै छ । खाद्य कम्पनीले पनि चाडपर्वलाई लक्ष्य गर्दै यस वर्ष १० हजार मेट्रिक टन चिनी ल्याउन अर्थ मन्त्रालयसँग सहमति मागेको महीना दिन पुग्यो । अर्थबाट कुनै प्रतिक्रिया नआएको खाद्यका अधिकारी बताउँछन् । अर्थले अब स्वीकृति दिइहाल्यो भने पनि दशैंअघि चिनी ल्याउन सम्भव नभएको कम्पनीको भनाइ छ । अनुदानको चिनी आउने, नआउने अन्योलले दशैंतिहारमा बजारमा चिनी अभाव हुनुका साथै व्यापारीले कालोबजारी गर्न सक्ने आशंका गरिएको छ ।  सामान्य अवस्थामा नेपालमा मासिक २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । दशैंतिहारको समयमा थप ३० हजार मेट्रिक टन माग हुने गरेको छ । यस वर्ष नेपालमा चिनी उत्पादन घटेको चिनी उत्पादक संघको भनाइ छ । यस वर्ष १ लाख मेट्रिक टन मात्रै चिनी उत्पादन भएको छ । नेपालमा यसको माग वार्षिक २ लाख ८० हजार मेट्रिक टन छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले चिनी आयातको स्वीकृतिसम्बन्धी फाइल मन्त्रालयमा आए पनि त्यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए । उनका अनुसार अहिलेको बजार मूल्य, हाम्रो बजारको माग र यस वर्ष नेपालमा भएको चिनी उत्पादनलगायत विषयको अध्ययन भइरहेकाले अनुमतिमा ढिलाइ भएको हो । अनुदानको चिनी आउने, नआउने अन्योलले दशैंतिहारमा बजारमा चिनी अभाव हुनुका साथै व्यापारीले कालोबजारी गर्न सक्ने आशंका गरिएको छ ।  चिनी आयातका लागि स्वीकृति माग गर्दै सरकारी कम्पनीहरूले अर्थमा पठाएको फाइल अर्थले फिर्ता गरिदिएकाले यस वर्ष पनि भन्सार छूटको चिनी आयात हुन नसक्ने र उपभोक्ताले कालोबजारीको सामना गर्नुपर्ने अवस्था सृजना भइसकेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् ।  उनले भने जस्तै महीना दिनअघिसम्म किलोको ८८ रुपैयाँ पर्ने चिनीको भाउ बढेर अहिले बजारमा १ सय १४ रुपैयाँसम्म पुगेको छ । कालोबजारी नियन्त्रण गर्न खडा गरिएका सरकारी निकायले व्यापारीको प्रलोभनमा परेर काम गर्न नसक्दा उपभोक्ताले दु:ख पाएको उनले आरोप लगाए । यसमा सबैभन्दा बढी दोषी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भएको उनको भनाइ छ ।

बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे दोषी ठहर

काठमाण्डाै - जिल्ला अदालत काठमाण्डाैले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले हिजाे पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने मुलुकी ऐनमा व्यवस्था छ तर अदालतले सजाय निर्धारण गर्न बाँकी छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आ...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

१५ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट जर्बजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ बस्ने अनिलप्रसाद चौरसिया रहेका छन् । वि.स.२०७६ असार १२ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले जर्बजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । फैसला आदेशमा उनलाई ६ वर्ष कैद र ३० हजार […]

कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जनाविरुद्ध ‘मुद्दा’

पक्राउ गरी मुद्दा चलाइएका १७ जना दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ।

भारतीय जेलमा थुनिएका छन् ३ लाख ३० हजार विचाराधीन मुद्दाका कैदी

बीबीसी।भारतका केन्द्रीय गृहराज्यमन्त्री नित्यानन्द रायले भारतका जेलमा ३ लाख ३० हजार विचाराधीन कैदीहरु रहेको बताएका छन्।उनले राज्यसभामा भने,‘२०१९ डिसेम्बर ३१ सम्म भारतका जेलमा थुनिने बैन्दीको संख्या ४ लाख ७८ हजार ६ सय थियो । यीमध्ये १ लाख ४४ हजार १२५ जना दोषी ठहर भइसकेका छन्।बाँकी ३ लाख ३० हजार ४८७ कैदी विचाराधीन हुन्। यीमध्ये १९ हजार ९१३ जना महिला छन्।’

बालिका बलात्कारमा ६० वर्षीय वृद्धलाई १० वर्ष कैद

२४ असार, विराटनगर । मोरङ सुन्दर हरैचा नगरपालिकाकी आठ बर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले ६० बर्षीय भीमबहादुर मगरलाई दोषी ठहर गर्दै १० बर्ष कैद सजाय सुनार्एको छ । आइतबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सुन्दरहरैंचा ७ का मगरलाई १० बर्ष कैदसंगै पीडितलाई ३० हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको …

श्रीमतीको गुप्ताङ्गमा पाइपले घोच्ने श्रीमानलाई आठ वर्ष जेल

दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ चिमेगाउँका ४० वर्षीय सूर्यबहादुर रावतलाई दैलेख जिल्ला अदालतले बैवाहिक बलात्कार र गुप्ताङ्गमा पाइपले घोचेको घटनामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । ३६ वर्षीया श्रीमतीलाई बलात्कार र ज्यान मार्ने उद्योग मुद्दामा अदालतले त्यस्तो सजायको ...