काठमाडौं : गणतन्त्र दिवसको अवसरमा सरकारले ८३४ कैदीको सजाय माफी मिनाहा गरेको छ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बुसहित २७१ जना र नरबहादुर साँवासमेत ५४७ जनाको बाँकी कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ कैदीको सजाय पनि माफ भएको राष्ट्रपति कार्यालयले जनाएको छ।राष्ट्रपति कार्यालयले शुक्रबार छुट्टाछुट्टै दुई विज्ञप्ति जारी गरी कैदीको सजाय मि