सरकारबाट केपी ओली बाहिरिएसँगै एमालेभित्रको घर झगडा साम्य हुनुको साटो झन् विस्फोट भएको छ । कतिपय एमाले नेताहरूले सरकार ढलेपछि पार्टीमा एकता हुने सोचेका थिए । तर, सरकारबाट ओलीको बहिर्गमनसँगै एमालेको अन्तरविरोध घट्नुको साटो झन् बढेको छ ।बालुवाटार छाडेर बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले अर्का नेता माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै माफी दिन नसकिने घोषणा गरेपछि एमालेको अन्तरविरोध झन् कचल्टिएको हो ।अन्तरविरोध बढेसँगै ओली र माधव नेपाल दुवै नेताहरू आ–आफ्नो रणनीति बनाउनतर्फ जुटेका छन् । य