काठमाण्डाै - कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन ।
निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ । यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको स्वास्थ्य मन्त्...