काठमाडौं : देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना र बाँकी ४० वर्षमाथिका रहेका छन्।'हालसम्म डेंगुकै संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ‚' उनले भने। प्याकु