काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले थप कार्यक्रम घोषणा गरेको छ । आज (सोमबार) बसेको बारको कार्यसमिति बैठकले सर्वोच्च अदालत केन्द्रित आन्दोलनलाई विस्तार गर्ने निर्णय गरेको हो । अब २३ देखि ३० गतेसम्म उपत्यकाका जिल्ला तथा उच्च अदालत र न्यायाधिकरण बारमा पनि कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको छ […]