अर्थविद् भन्छन्ः बारी बाँझो राखेर तरकारी किन्न बजार जानुभएन

अर्थतन्त्रको पछिल्लो अवस्था, अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्धबारे शुक्रबार नागरिककर्मी पुष्प भट्टले ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंशः...

सम्बन्धित सामग्री

विदेशिने मोह छाडेर बारी पसेका प्रदीप, तरकारी बेचेरै वार्षिक १७ लाख कमाउँछन्

वैदेशिक रोजगारीको मोह त्यागेर घर फर्किएका खुलाल तरकारी खेतीमा लागेपछि उनलाई वैदेशिक रोजगारी नेपालमै पाएजस्तो लागेको छ ।

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

कैलाली : हावाहुरीका कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानले बताएका हुन्।केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले क्षति पुर्‍याएपछि किसान पीडामा छन्। हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ। हावाहुरीले किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती ढालेको छ। टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ।यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किस

आफ्नै पसल, आफ्नै फसल : आफ्नै बारी, आफ्नै तरकारी

ओखलढुङ्गाका रिपुबहादुर सुनुवार पशुपालन, तरकारी र यसैसँग सम्बन्धित काम गर्छु भनेरै भूकम्प गएताका २०७२ सालमा काठमाण्डौ आउनु भएको हो । तर, काठमाण्डौमा सोचेजस्तो सजिलो कहाँ छ र ! छ वर्ष लाग्यो उहाँको सोचले मूर्तरुप लिनका लागि ।  यसबीचमा उहाँले होटल व्यवसाय गर्नुभयो । भाडामा लिएर होटलका लागि पनि आफैँले टहरो बनाउनुभयो । तर, भाडाले पिरोलेपछि भने उहाँले काठमाण्डौ छिर्दाको आफ्नो सोच साकार बनाउने तिर हुनुहुन्छ ।  गएको एकवर्षदेखि उहाँले भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत दुवाकोटमा तीन रोप...

तरकारी खेती गर्दै विद्यार्थी

पालुङ्टार नगरपालिका–९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थी मंगलबार खेतबारीमै व्यस्त थिए । कोरोना कहरका बीच अधिकांश विद्यालय बन्द रहँदा यी विद्यार्थी भने आफूले लगाएको तरकारी स्याहारमा तल्लीन देखिन्थे । मल बोक्ने, बारी खनजोत, आलु गोडमेललगायत विद्यार्थीको सामूहिक प्रयासमा व्यस्त छन् । पढाइसँगै तरकारी खेती थालेका विद्यार्थीलाई शिक्षकले पनि सघाए ।

तरकारी खेती गर्दै विद्यार्थी

पालुङ्टार नगरपालिका–९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थी मंगलबार खेतबारीमै व्यस्त थिए । कोरोना कहरका बीच अधिकांश विद्यालय बन्द रहँदा यी विद्यार्थी भने आफूले लगाएको तरकारी स्याहारमा तल्लीन देखिन्थे । मल बोक्ने, बारी खनजोत, आलु गोडमेललगायत विद्यार्थीको सामूहिक प्रयासमा व्यस्त छन् । पढाइसँगै तरकारी खेती थालेका विद्यार्थीलाई शिक्षकले पनि सघाए ।

तरकारी खेतीले मनोरम लमजुङको भुष्मे

लमजुङ– मर्स्याङदी गाउँपालिका–८ को पर्यटकीय गाउँ भुष्मेको सिङ्गो गाउँ अहिले तरकारी खेतीमा लागेको छ । केही वर्षअघिसम्म बाँझो रहेको यी बारी अहिले हरिमल्लै भएको देख्न सकिन्छ । किसान यतिबेला काउली, बन्दा, गोलभेंडालगायत बिक्री गर्न व्यस्त छन् । केही वर्षअघिसम्म तरकारीका लागि बजार र छिमेकीको आस गर्ने भुष्मेबासी अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । […]

व्यावसायिक कृषिले आत्मनिर्भर बनेको कपुरकोट

सल्यान : जिल्लाको कपुरकोट गाउँपालिकाका खड्कबहादुर ओली हिजोआज बारीमा लटरम्म फलेका ताजा तरकारी बिक्री गर्न व्यस्त छन्।बारी नै रातो हुने गरी फलेको टमाटर, बन्दा गोपी, घिउ सिमी कृषि उपज संकलन केन्द्र कपुरकोटसम्म ल्याउन उनीसँगै उनको सबै परिवार व्यस्त रहेको छ।बेमौसमी तरकारी खेती गर्दै आएका ओलीले अहिलेसम्म झन्डै ५लाखको तरकारी बिक्री गरी सकेका छन् भने अझै एक दुई लाखको तरकारी बिक्री हुने तयारीमा रहेको छ।कपुरकोटकै वीरबहादुर बुढाथोकीले पनि ताजा तरकारी बिक्रीबाट हालसम्म ४ लाख हात पारी सकेका छन्। जेठ देखि भदौ

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् । बजारसम्म तरकारी पु¥याउन नसक्दा र पु¥याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै …

बारी छैन : कौसी छँदैछ !

तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनुभएको छ । दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नुभएको छ । कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करिब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाउनुभएको छ । उहाँको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ । घरमा भ-याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनुभएको छ । बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकका बाल्टीमा मौसमअनुसारको तरकारी लगाउनुभएको छ । उहाँको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् । उहाँले मौसमअनुसार काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्नुहुन्छ । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ ।

तरकारी लगाउने बारी नभएर के भयो, कौसी त छ नी !

तरकारी लगाउने खेतबारी नभएको बाहानमा बजारबाट तरकारी किनेर खानेको संख्या हिजो आज बढ्दो छ । तर तनहँुको व्यास नपा–२ दमौली बजारकी कल्पना गौलीले खेतबारी नभएपनि कौसीमा लगाएर प्रसस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नु भएको छ ।