ओखलढुङ्गाका रिपुबहादुर सुनुवार पशुपालन, तरकारी र यसैसँग सम्बन्धित काम गर्छु भनेरै भूकम्प गएताका २०७२ सालमा काठमाण्डौ आउनु भएको हो । तर, काठमाण्डौमा सोचेजस्तो सजिलो कहाँ छ र ! छ वर्ष लाग्यो उहाँको सोचले मूर्तरुप लिनका लागि ।
यसबीचमा उहाँले होटल व्यवसाय गर्नुभयो । भाडामा लिएर होटलका लागि पनि आफैँले टहरो बनाउनुभयो । तर, भाडाले पिरोलेपछि भने उहाँले काठमाण्डौ छिर्दाको आफ्नो सोच साकार बनाउने तिर हुनुहुन्छ ।
गएको एकवर्षदेखि उहाँले भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत दुवाकोटमा तीन रोप...