बारी छैन : कौसी छँदैछ !

तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनुभएको छ । दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नुभएको छ । कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करिब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाउनुभएको छ । उहाँको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ । घरमा भ-याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनुभएको छ । बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकका बाल्टीमा मौसमअनुसारको तरकारी लगाउनुभएको छ । उहाँको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् । उहाँले मौसमअनुसार काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्नुहुन्छ । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ ।

सम्बन्धित सामग्री

बराहक्षेत्रमा जङ्गली हात्ती धपाउन रातभर जागै बस्छन् स्थानीय

बराहक्षेत्र वडा नं. २ को पुर्नबाससँगै रेलवे लाइन, जब्दी, तोरी बारी, फोक्लेन टाप्पु, चौरी बारी, देवी थान क्षेत्रमा हात्तीले सर्वसाधारणका घरमा क्षती पुर्‍याउँदै आएको वडा नं. २ का वडाध्यक्ष होमप्रसाद गौतमले बताए।...

रघुजीलाई अर्थमन्त्रीको जवाफ : मेरो बारीको नामै ‘गहते बारी’ हो

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले नेकपा एमालेका सांसद रघुजी पन्तलाई जवाफ दिएका छन्। केही दिन अगाडि पन्तको ‘दाल कसको गहतको, बजेट कसको महतको?’ भन्ने अभिव्यक्तिलाई अर्थमन्त्री महतले आफ्नो बारीमा धेरै गहत फल्ने गरेको बताएका हुन्। ‘मेरो त घरको साइडमा बारी छ। त्यो बारीको नाम नै गहते बारी थियो। त्यहाँ प्रशस्त गहत उत्पादन हुन्थ्यो। अहिले भइरहेको छैन। अब त्यसलाई उत्पादन गर्नुपर्छ र रैथाने बालीलाई प्रोत्साहन गर्नुपर्छ। जाडोको महिनामा यति तागतिलो हो गहत। त्यसलाई प्रमोसन गर्

बाँझो बारीमा किवी लगाएर लाखौँ आम्दानी गर्दै काठेखोलाका वडाध्यक्ष

–तारानाथ आचार्य गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा […]

मकै छर्न बारी जोत्दै बालक

बेनी, १५ चैत । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा मकै छर्नका लागि बारी जोत्दै गरेका बालक । तस्वीरः कमल खत्री, रासस

रुरुको बम्घा आलु उत्पादनमा अब्बल, मूल्य नपाउँदा किसान चिन्तित

रुरुक्षेत्र गाउँपालिका–५ बम्घा टाटिमकी राधिका गिरीले खेत र बारी गरेर पाँच रोपनीमा आलु लगाएकी छन्। उनको बारी र खेतमा गरेर २० क्विन्टल आलु फल्छ। खेतमा धान, मकै र आलुसंगै दुई...

आफ्नै पसल, आफ्नै फसल : आफ्नै बारी, आफ्नै तरकारी

ओखलढुङ्गाका रिपुबहादुर सुनुवार पशुपालन, तरकारी र यसैसँग सम्बन्धित काम गर्छु भनेरै भूकम्प गएताका २०७२ सालमा काठमाण्डौ आउनु भएको हो । तर, काठमाण्डौमा सोचेजस्तो सजिलो कहाँ छ र ! छ वर्ष लाग्यो उहाँको सोचले मूर्तरुप लिनका लागि ।  यसबीचमा उहाँले होटल व्यवसाय गर्नुभयो । भाडामा लिएर होटलका लागि पनि आफैँले टहरो बनाउनुभयो । तर, भाडाले पिरोलेपछि भने उहाँले काठमाण्डौ छिर्दाको आफ्नो सोच साकार बनाउने तिर हुनुहुन्छ ।  गएको एकवर्षदेखि उहाँले भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत दुवाकोटमा तीन रोप...

आहा तोरी बारी (फोटो फिचर)

कपिलवस्तु । कपिलवस्तुका खेतीयोग्य जमिनमा यतिबेला ढकमक्क तोरी फूलेकाे छ । खेतीयोग्य जमिन पहेँलै देखिन्छन् । यसले यहाँको सौन्दर्यसमेत बढाएको छ । तोरीका फाँटबाट टलक्क टल्किएको पहाड देख्न सकिन्छ । पृष्ठभूमिमा पहेँलै फूलेका तोरी र पहाडलाई देखाएर फोटो खिच्ने र टिकटक भिडियाे बनाउनेहरू अहिले फाँटमा जम्मा हुन थालेका छन् । ताेरीकाे तेल खाने तेल मध्ये […] The post आहा तोरी बारी (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पहेँलै दाङका बारी (तस्बिरहरु)

दाङ – खेतको धान भित्र्याउँदै गरेका दाङका किसानका बारीमा तोरी फुलेका छन्। बारीमा लगाएको तोरी फुलेर अहिले दाङ उपत्यकाका गाउँबस्ती पहेँलै देखिएका छन् । एसियाकै ठूलो उपत्यकाका रुपमा चिनिने दाङमा खाद्यान्न, दलहन तथा तेलहन बालीको उत्पादन राम्रो हुने गरेको छ। अहिले बारीमा लगाएको तोरी फुलेका छन् भने केही किसानले धान काटेको खेतमा अब तोरी छर्ने […]

बारी, बाढी, महामारी

हरेक बाढी पछी महामारी आउँछ। रोगको मात्र हैन। भोक अनि शोकको पनि। तर राज्य अनि समाजले देख्छ त केवल केही बाढीपीडित।

तारादेवीको साँघुरी बारी बुनुको स्वरमा

गायिका तारादेवीको बहुचर्चित सदाबहार गीत साँघुरी बारी नि हौ यो धारा पानी फेरि एकपटक नयाँ स्वरमा गाइएको छ। ट्रिब्युट भर्सनको रुपमा उक्त गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक भएको छ। गीतको ओरिजनल भर्सनमा तारादेवीको स्वर रहेकोमा ट्रिब्युट भर्सन गायिका बुनु श्रेष्ठले गाएकी हुन्। शेखर श्रेष्ठको शब्द रहेको गीतको ट्रिब्युट भर्सनलाई मनोजराज शिवाकोटीले एरेन्ज गरेका छन्। करिब […]