स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) ले जलविद्युत् आयोजनाको अनुमति दिँदा कायम सेवा र सर्त अनुमतिपत्रको अवधिभर कायम हुनुपर्ने जनाएको छ । आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटवारे आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा इप्पानले विद्युत् ऐन ०४९ ले दिएका सुविधा कटाउने गरी चालु आर्थिकमा गरिएको परिवर्तनलाई निरन्तरता दिइएको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताएको छ ।