औद्योगिक क्षेत्रले उठाउन सकेन करोडौं बक्यौता, नतिर्नेमा क्याप्टेन थापादेखि प्रचण्डका भाञ्जासम्म

हेटौँडा औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर राजनीतिक दलका केही नेताको आडमा र पहुँचवालाहरूले बक्यौता नतिरेको पाइएको छ । उनीहरूले जग्गा भाडाको सम्झौता गरेर उद्योग नखोली कब्जासमेत गरेर बसेका छन् ।

सम्बन्धित सामग्री

राजस्व गुम्दै, तस्करी मौलाउँदै

नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो। यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको ...

भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली

देशकै दोस्रो ठुलो भैरहवा भन्सारले यस पटक लक्ष्यको आधा पनि राजश्व उठाउन सकेन। आर्थिक वर्ष २०७९/०८० मा यो भन्सारले लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ।...

कृष्णनगर भन्सार कार्यालयले उठाउन सकेन लक्ष्यअनुसारको राजस्व

कृष्णनगर भन्सार कार्यालयले अहिलेसम्म ३ अर्ब ९२  करोड ९ लाख ६४  हजार रुपैयाँ राजस्व उठाएको छ ।

ठाडी भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजस्व

काठमाडौँ,१८ कार्तिक । सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा रु १३ करोड दुई लाख ८१ हजार पाएको लक्ष्य रु तीन करोड ८३ लाख ९२ हजार ९३ उठाउन सकेको हो । त्यो लक्ष्यभन्दा रु १० करोड कम हो । ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद […]

नेपालले उठाउन सकेन ‘एसियन हाइवे’को फाइदा

झापा-एसियाली राजमार्गसँग पूर्वी नेपालको काँकडभिट्टा जोडिएको एक वर्ष बितिसकेको छ । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर व्यापार, व्यवसाय गर्न पाउने अवधारणा अन्तर्गत एसियन हाइवेको पहुँच नेपालमा जोडिएको हो । तर नेपालले यसबाट फाइदा लिन सकेको छैन ।नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको […]

‘काँडेतार’ मा सुरविना

फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् सुरविना कार्की । पहिलो फिल्मबाटै बोल्ड अभिनेत्रीको छवि बनाउन सफल उनले त्यसपछि करिब आधा दर्जन फिल्ममा अभिनय गरिन् । तर कुनै पनि फिल्मले उनको करियर माथि उठाउन सकेन ।नेपाली फिल्ममा आफुले सोचेजस्तो सफलता हात पार्न नसकेपछि बलिउड छिर्ने भन्दै भारत समेत केही वर्ष बसिन् उनी । तर बलिउड छिर्ने सपना पनि उनको पूरा हुन सकेन । कोरोना महामारीको समय फेरि नेपाल फर्किएकी उनले लकडाउनको समय ‘के माया लाग्छ र ?’ बोलको गीत अभिनय गरिन् । उक्त

अझै उठ्न सकेन काठमाण्डाैका मुख्य मुख्य चोककाे फोहाेर

काठमाण्डौ – चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाण्डाैका मुख्य मुख्य चोककाे फोहोर अझै उठ्न सकेका छैन ।  काठमाण्डौ अझै पनि सफा हुन सकेको छैन । अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहाेर गएकाे बुधवारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसीबजारलगायत सडक किनारामा फोहाेरको डङ्गुर अझै उस्तै नै छ ।  नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलका स्थानीयले अवरोध गरेपछि काठमाण्डाै उपत्यकाको १८ स्थानीय तहको फोहर गएकाे साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।  लामो समयद...

पर्सामा विद्युत प्राधिकरणले करिब ३९ करोड बक्यौता उठाउन सकेन

काठमाडौं। पर्साको बीरगन्जस्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत उपभोक्ता समितिबाट ३८ करोड ९३ लाख ७४ हजार ५८१ रुपैयाँ बक्यौता उठाउन सकेको छैन। पर्सामा रहेका १४ स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतमा रहेको १३ वटा स्थानीय तहमा रहेकामध्ये२२ वटा उपभोक्ता समितिसँग उक्त रकम उठान बाँकी रहेको हो। लामो सयमदेखि निषेधाज्ञा रहेका कारण रकम उठान नसकिएको केन्द्रले जनाएको छ।

पोखरीया वितरण केन्द्रले ३८ करोडभन्दा बढी बक्यौता रकम उठाउन सकेन

जेठ २५, वीरगञ्ज । नेपाल विद्युत प्राधिकरण पोखरीया वितरण केन्द्रले समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिबाट रू. ३८ करोड ९३ लाख ७४ हजार ५८१ बक्यौता रकम उठाउन सकेको छैन । पर्सा जिल्लामा रहेका १४ ओटा स्थानीय तहमध्ये पोखरीया वितरण केन्द्रको मातहतमा रहेको १३ ओटा स्थानीय तहमा रहेको २९ ओटा विद्युत् उपभोक्ता समितिमध्ये २२ ओटा उपभोक्ता समितिसँग उक्त रकम बाँकी रहेको केन्द्रका प्रमुख इन्जिनियर उपेन्द्रनारायण यादवले बताए । कोरोना संक्रमणको कारण लामो समयदेखिको बन्दाबन्दीले गर्दा उपभोक्ता समितिसँग रकम उठाउन नसकिएको भन्दै केन्द्रका प्रमुख यादवले भने, ‘समुदायस्तरमा रहेका विद्युत् उपभोक्ता समितिहरुले आफ्ना ग्राहकहरुसँग रकम उठाएर प्राधिकरणलाई नतिर्ने परिपाटीको कारण सो रकम हालसम्म उठाउन नसकिएको भएपनि तिनीहरुलाई समयमै रकम भुक्तानी गर्न पत्राचार गरिएको छ ।’ दुई वर्षअघि सो क्षेत्रमा ४२ प्रतिशत चुहावट रहेकोमा कडाइ गरिएपछि २८ प्रतिशतमा झरेको केन्द्रले जानकारी दिएको छ । यस वितरण केन्द्रमा हाल ३६ हजार ग्राहक रहेका छन् । सामुदायिक विद्युत कार्यक्रमअन्तर्गत पर्सामा रहेका २९ ओटा सामुदायिक विद्युत् उपभोक्ता समितिमध्ये कतिपय समितिका पदाधिकारीहरुले विद्युत् खपतवापत ग्राहकसँग उठाएको रकम प्राधिकरणलाई नबुझाई आफूखुशी मनोमानी ढंगले खर्च गर्ने भएकाले बक्यौता रकम उठन नसकेको हो ।  पर्साको धोरेमा रहेको सामुदायिक विद्युत् उपभोक्ता समितिसँग रू. ८५ लाख बक्यौता रहेपनि सो रकम बुझाउन नसक्दा सो समितिलाई खारेज गर्न विभागमा पत्राचार गरिएको प्रमुख यादवले बताए । हालको बन्दाबन्दीको समयमा ग्राहकको सुविधालाई ध्यानमा राखी अनलाइनमार्फत विद्युत् महसुल बुझाउने प्रक्रिया अघि बढाएपछि अहिले अनलाइनमार्फत विद्युत् महसुल बुझाउने ग्राहकहरुको संख्या बढ्दै गएको छ । अनलाइनमार्फत वैशाख महीनामा चार हजार ८०७ ग्राहकले रू. २८ लाख ४५ हजार रकम बुझाएको जानकारी दिइएको छ । पर्साको १३ ओटा स्थानीय तहमा आफ्ना सेवा पुर्‍याउदै आएको विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रसँग बक्यौता रकम उठाउन सबैभन्दा ठूलो चुनौतीकोरुपमा रहेको छ । रासस

महानगरपालिकाले बक्यौता उठाउन सकेन

पोखरा महानगरपालिकाले पोखराको सोलार पोलमा राखिने प्रचार सामग्रीको रोयल्टी तथा विज्ञापन करवापतको ३१ लाख रुपैयाँ दुई वर्षदेखि उठाउन सकेको छैन् । पोखरा जिरोकिलोमिटरदेखि हल्लनचोकसम्मका ७४ वटा सोलार पोलमा राखिने प्रचार सामग्रीको रोयल्टी तथा विज्ञापन करवापतको ३१ लाख ९ हजार २ सय रुपैयाँ दुई वर्षसम्म पनि उठाउन नसकेको हो ।