काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को १० महिनामा १३ खर्ब २० अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुबीच मात्रै ११ खर्ब ५६ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ। यस्तै वाणिज्य बैंक बाहेकका वित्तीय संस्थाबीच १ खर्ब ६४ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ।