नेकपा एकीकृत समाजवादीले यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताए।मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। पार्टीले तय गरेको नाम हेरफेर नहुने र उनीहरुको शपथग्रहण तत्काल गराउन देउवालाई दवाव दिइने उनले बताए । मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्