कांग्रेस नेता डा.शेखर कोइराला गुटको बैठक जारी

नेपाली कांग्रेसका नेता शेखर कोइराला गुटको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

सम्बन्धित सामग्री

कांग्रेस नेता गुरुराज घिमिरेलाई डेंगी संक्रमण

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेलाई डेंगी संक्रमण भएको छ । घिमिरेलाई उच्च ज्वरो आएपछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ । घिमिरेको स्वास्थ्य अवस्था बुझ्न नेता डा.शेखर कोइराला अस्पताल पुगेका थिए । घिमिरे आगामी मंसिर ४ गते हुने चुनावको लागि मोरङ क्षेत्र नम्बर ४ को प्रदेश सभा क्षेत्र […]

शेखर कोइराला समुहको बैठक जारी

काठमाडौं, १० असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस नेता डा.शेखर कोइराला समुहको बैठक जारी छ । खबरदारीका आगामी कार्यक्रम तय गर्न बैठक ठमेलस्थित एक होटलमा बसिरहेको हो । युवा नेता गुरुराज घिमिरे, जगदिश्वर नरसिंह केसी, भुपेन्द्रजंग शाही, केन्द्रीय सदस्यहरु मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतमलगायत बैठकमा सहभागी छन । कोइराला समुहले प्रत्यक्ष […]

न्यायोचित टिकट बाँडफाँटका लागि दबाब दिन शेखर पक्षले भेला गर्ने

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसमा समान टिकट बाँडफाँटका लागि दबाब दिन कांग्रेस नेता डा.शेखर कोइराला पक्षले भोलि भेलाको आयोजना गर्ने भएको छ । समान न्याय र समानताका लागि दबाब दिन देशभरका कोइराला पक्षका नेता तथा कार्यकर्ताको भेला बोलाइएको हो । आज बसेको भेलाले शनिबार देशभरका नेता कार्यकर्तालाई सहभागी गराउने निर्णय गरेको हो । पार्टीभित्र […]

संस्थापनविरुद्ध शेखर पक्षले खबरदारी सभा गर्ने

३० साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला संस्थापन पक्षविरुद्ध खबरदारी सभा गर्ने भएको छ । भ्रातृ संस्थाको अध्यक्षमा पार्टी सभापति एकलौटी गरेको विरोधमा खबरदारी सभा गर्न लागिएको नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए । ‘पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको छ । त्यसको विरुद्धमा सभा […]

शेखर कोइराला पक्षले पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरूले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन् । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महिला सङ्घ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता–कार्यकर्ताहरूले प्रदर्शन गर्न लागेका हुन् । काँग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ […]

शेखर कोइराला पक्षका नेताहरुको भेला आज २ बजे

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षका नेताहरुको बैठक आज पनि बस्ने भएको छ । बिहीबार पनि बसेको कोइराला पक्षको भेला शुक्रबार २ बजे पनि बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा बस्दैछ । आजको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले विचार राख्ने जनाइएको छ। बिहीबारको बैठकले सभापति शेरबहादुर देउवाले निर्णयमा एकलौटी गरेको भन्दै आफ्नो पक्षधरलाई बेवास्ता […]

देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निष्कर्ष

नेपाली कांग्रेस नेता डा.शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब (कन्स्ट्रक्टिभ विद्रोह) दिने निष्कर्ष निकालेका छन् ।बिहीबार काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरूका भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको […]

देउवा– शेखर संवादः चुनावी गठबन्धन र उम्मेदवार चयनबारे छलफल

नेपाली कांग्रेसका नेता नेता डा.शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ। बुधबार विहान भएको टेलिफोन संवादमा भातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाई,चुनावी गठबन्धन र संसदीय समिति...

केन्द्रीय समितिको पहिलो बैठकमा शेखर कोइराला किन भएनन् सहभागी ?

नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् ।  शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा कोइराला अनुपस्थित भएका हुन् । कोइराला पहिलो बैठक छोडेर चितवन गएको कोइराला स्रोतले जनाएको छ । काँग्रेस विधानअनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् । वरियता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ । कोइरालालाई २० औं वरियतामा राखिएको