नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा कोइराला अनुपस्थित भएका हुन् । कोइराला पहिलो बैठक छोडेर चितवन गएको कोइराला स्रोतले जनाएको छ । काँग्रेस विधानअनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् । वरियता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ । कोइरालालाई २० औं वरियतामा राखिएको