प्रदेश नम्बर २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहलाई दिइएको छ । यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साहले सम्हाल्दै आएका थिए ।जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालय उनले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले बताए ।नवनियुक्त अर्थमन्त्री शैलेन्द्र साहले आफूलाई भू