काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को घोर अपमान गरेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकको शून्य समयमा थापाले आफूले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम ठिक थियो भन्ने देखाउन संसद्लाई कामविहीन बनाएको आरोप लगाउनुभयो ।
‘कहिले प्रश्नबाट छल्न बैठक स्थगित, कहिले पार्टीभित्रैका विरोधी तह लगाउन संसद् भङ्ग अनि अहिले प्रतिनिधि सभा भङ्ग सही थियो भन्ने देखाउनका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च भइरहेको छ, हामी काम गर्न तयार छौँ, एसिड आक्रमणकारीलाई कारबाह...