बागलुङ : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारहरुले आफ्ना घोषणापत्र तथा प्रतिबद्धता पत्रहरु सार्वजनिक गरेका छन्।उम्मेदवारहरु घोषणापत्र बोकेरै मतदातालाई भोट माग्न शहरदेखि गाउँ बस्तीमा पुगेका छन्। मतदाता रिझाउन उनीहरुले घोषणा पत्रमा महत्वकांक्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ।मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारहरुले नयाँ एजेण्डा देखाउन सकेका छैनन्। पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको