वर्षौदेखि कर्णाली नदीको बाढीको पीडा खेप्न बाध्य स्थानीय नदी किनारमा तटबन्ध बनेपछि बाढीको जोखिमबाट मुक्ति पाइएला भन्ने आशमा थिए । तर यसपालीको बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको भीषण बाढीका कारण ठाउँठाउँमा तटबन्ध भत्केर बस्तीमा डुबानमा परेपछि त्रास झन् थपिएको छ ।