अन्नपूर्ण गाउँपालिका–६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । ०७४ चैतदेखि निर्माणाधीन आयोजनाले ९२ प्रतिशत निर्माण सकेको र आगामी मंसिरदेखि परीक्षण उत्पादन थाल्ने लक्ष्यसहित काम भइरहेको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावर लिमिटेडले जनाएको छ ।