वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले पाँच दल बाहिर तालमेल नगर्ने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक उक्त निर्णय गरेको हो ।बैठकले सोमबार मनोनयन दर्ता गर्नु अघि पार्टी अध्यक्षहरूको बैठक बसी भागबण्डा मिलाउन अधिकतम कोशिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,