न्यायाधीशमाथि छानबिन तीव्र पारेको न्याय परिषद्ले चार जिल्ला न्यायाधीशको छानबिन सकाएको छ । न्याय परिषद् स्रोतका अनुसार छानबिनमा परेका चार जिल्ला न्यायाधीशको प्रतिवेदन न्याय परिषद्मा पेस भएको छ । न्यायपरिषद्ले सर्वोच्च अदालत काजमा तानेर छानबिन थालेका ७ न्यायाधीशमध्ये पाँच जना न्यायाधीशका सम्बन्धमा प्रतिवेदन तयार भएको हो । न्याय परिषद् ऐन, २०७३ को दफा १७ बमोजिम न्यायाधीशका सम्बन्धमा आएका उजुरीसँग सम्बन्धित मुद्दाको अध्ययन गर्न तोकिएका सदस्यले आफ्नो रायसहितको प्रतिवेदन न्याय परिषद्मा