काठमाडौं : नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा आफ्नो दाबी नछाडेपछि नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकअनुसार सहमतिको प्रयास गरेको भए पनि असफल भएको हो। सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अन्य गठबन्धनको दलसँग तालमेलको बारेमा छलफल गरे पनि एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्।गठबन्धन दलका शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकले आज ६ वटा महानगरको भागबण्डा