मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्धि

अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाउ बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।सुक्खा याममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले  विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्ल

सम्बन्धित सामग्री

नदीमा जलसतह बढेपछि भारततर्फ विद्युत् फेरि निर्यात

खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ।

नदीमा जलसतह बढेपछि भारततर्फ विद्युत् फेरि निर्यात

खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ।

विद्युत् निर्यात सुरु, खेर जाने जोखिम कायमै

काठमाडौं, जेठ १४ । नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो । प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । […]

‘तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ’

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रुपान्तरण गर्न आवश्यक रहेको बताए । “२०४६ पछि हामीले पञ्चायतकालमा दुई […]

मस्र्याङ्दीमा विद्युत् उत्पादन वृद्धि

तनहुँ । अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।

मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्धि

अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ। नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो।...

मर्स्याङ्दी जलविद्युत केन्द्रमा विद्युत् उत्पादन वृद्धि

काठमाडाैँ- अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ। नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हाे। सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो। हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए। केन्द्रका तीन युनिटबाट २३-२३ […]

स्वदेशी उत्पादन बढेपछि विद्युत् आयात घट्यो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विस्तारै विद्युत् आयात घटाउँदै लगेको छ।पछिल्लो साता  मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि नेपालमा विद्युत् उत्पादन वृद्धि भएको छ। जसका कारण आयात पनि कम गरिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार हाल नेपालमा दैनिक करिब २९ हजार मेगावाट प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको छ। नियमित पानी पर्न थालेपछि आन्तरिक उत्पादनमा सुधार आएको हो।३३ हजार मेगावट प्रतिघण्टा माग धान्नका लागि

आयातमा कडाइ कि उत्पादन वृद्धि ?

विदेशी विनिमय सञ्चितिमा तीव्र दबाब बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्न थालेको छ जसले गर्दा आयातको आकार र भन्सार राजस्व दुवैमा कमी आएको छ । आयात घट्नुलाई धेरैले सकारात्मक रूपमा हेरेका छन् । तर, यस नीतिले अर्थतन्त्रको विस्तारलाई सहयोग गर्दैन कि भन्ने जोखिम उस्तै छ । उपभोक्ताले सामानको माग गरेपछि जतिसुकै बढी भन्सार तिरेर भए पनि वा भन्सार छलेर भए पनि सामानको आपूर्ति भई नै हाल्छ । गाडीमा लगाइएको अत्यधिक भन्सारले यसको आयात घटाउन नसकेकोबाट नै यो पुष्टि हुन्छ । व्यापारघाटाको डर लाग्दो आँकडालाई यतिखेर घटाउनुको विकल्प छैन । जसरी हुन्छ आयात प्रतिस्थापनमा जोड दिनु महत्त्वपूर्ण हुन्छ नै । तर, यसका लागि तत्कालीन र दीर्घकालीन रणनीति आवश्यक पर्छ । तत्कालका लागि लिइएको यस्तो नीति लिइए पनि यसले स्वस्थ र उदार अर्थतन्त्रलाई सहयोग गर्दैन । त्यस्तै राष्ट्र बैंकलगायत नियमनकारी निकायले यस्तो नीति लागू गर्दा कहिलेसम्म गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । यो नीति लागू भएपछि केही व्यवसायीहरूले विरोध पनि गरेका छन् । यस्तो नीतिले मार्जिन राख्न नसक्ने व्यवसायीहरूले मार्जिन राख्नेसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । अवसरमा भेदभाव भएको भन्ने उनीहरूको गुनासो देखिन्छ । अर्को कुरा नियामक निकाय आफै पनि आयात कडा गरिएका वस्तुबारे स्पष्ट देखिँदैन । अघिल्लो महीना आयात कडाइ गरिएको वस्तु आयात गर्न दिने परिपत्र जारी गरेर १२ घण्टा नबित्दै राष्ट्र बैंकले त्यो परिपत्र फिर्ता गरेको थियो । त्यसैले यस्ता नीतिहरू तय गर्दा अलिक बढी गृहकार्य गरिनुपर्छ र नीतिमा स्थिरता हुनुपर्छ । केन्द्रीय बैंकले अहिले लिएको नीतिमा स्थिरता नहुने हो भने यसले समस्या समाधानको साटो झनै अन्योल बढाउन सक्छ । सरकारी आयात निरुत्साहनसँगै उत्पादनमा प्रोत्साहन पनि सँगै ल्याएको भए यस्तो नीति प्रभावकारी हुन सक्थ्यो । नेपालमा उत्पादन सम्भव भएका तथा प्रतिस्पर्धामा टिक्न सक्ने वस्तुहरू पनि नभएका होइनन् । यस्ता वस्तुको उत्पादन यस समयमा बढाउन सकियो भने पछि आयात खुला गर्दा पनि फरक पर्दैन । निजीक्षेत्रलाई विद्युत् उत्पादन गर्न प्रोत्साहित गर्दा अहिले विद्युत् आयात गर्नुपर्ने बाध्यता अन्त भएको मात्र छैन, निर्यात गर्न सकिने अवस्थासमेत बन्दै छ । कडाइको एकपक्षीय सोचाइले मात्र हुँदैन भन्नेमा ध्यान जानु जरुरी छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न आयात कडाइका विकल्पमा धेरै उपाय र उपकरणहरू हुन्छन् । तिनको उपयोग गर्नु बढी बुद्धिमानी हुन्छ । विकास साझेदारहरूसँग विभिन्न ऋण सम्झौता भएका छन् । तर, शर्त पूरा नहुँदा ती रोकिएका छन् । त्यस्तै काम सम्पन्न गरी शोधभर्ना लिने काममा पनि ढिलाइ भएको छ । काम गर्ने शैली र क्षमतामा विकास गर्न जरुरी हुन्छ । यस्ता समस्या समाधान गर्ने हो भने विनिमय सञ्चितिमा परेको दबाब कम हुन्छ । सरकारको आम्दानीको ठूलो स्रोत भन्सारमा निर्भर छ । आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ । मङ्सिरको तुलनामा माघमा भन्सारमा आधारित राजस्व २१ दशमलव ९१ प्रतिशतले घटेको छ । विदेशी विनिमय सञ्चिति ज्यादै घटेकाले मात्रै आयातमा कडाइ गर्ने निष्कर्षमा सरकार पुगेको देखिन्छ । आयात कम गर्न भन्सार शुल्क वृद्धि वा शतप्रतिशत मार्जिनमात्रै प्रभावकारी हुन्छ भन्ने पनि छैन । उपभोक्ताले सामानको माग गरे पछि जतिसुकै बढी भन्सार तिरेर भए पनि वा भन्सार छलेर भए पनि सामानको आपूर्ति भई नै हाल्छ । गाडीमा लगाइएको अत्यधिक भन्सारले यसको आयात घटाउन नसकेकोबाट नै यो पुष्टि हुन्छ । सरकारले अनावश्यक वा विलासिताका वस्तु भनेर कडाइ गरिएका सामान अनावश्यक वा विलासिताका वस्तु नै हुन् भन्न सकिने ठोस धरातल पनि छैन । ती वस्तु कसैका लागि विलासिता होलान् तर कसैका लागि अत्यावश्यक पनि हुन्छ । त्यस्तै ती वस्तुले अर्थतन्त्रको विस्तार, रोजगारी सृजना गर्न पनि सहयोग गरेका छन् । आयात गरिएका सामानहरू औद्योगिक उत्पादनका कच्चा पदार्थ वा सहयोगी पदार्थ पनि छन् । अतः आयातमा कडाइ गर्नुभन्दा उत्पादन वृद्धि गर्न प्रोत्साहित गरिनुपर्छ । उद्योगहरूलाई ठूलो परिमाणमा सहुलियत प्रदान गरिनुपर्छ । अहिले आयात गर्न नपर्ने वस्तुहरू जस्तो आलु, प्याज, लसुनलगायतको आयात हुने गरेको छ । सरकारले स्वदेशमै उत्पादन हुन सक्ने यस्ता वस्तुको उत्पादन कसरी वृद्धि गर्ने हो त्यतातर्फ बढी ध्यान दिन आवश्यक हुन्छ ।