काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।अस्पतालले पत्रकार सम्मेलन गर्दै मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरेर शल्यक्रिया गरिएको जोशीको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको बताएको हो।उनको उपचारमा संलग्न डा राजीव झाले जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको त्यसलाई शल्यक्रिया गरेर पनि निकाल्न नसकिने हुँदा सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप र