स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल भर्ना भएका जटिल प्रकृतिका बिरामीहरूलाई बिना तयारी अन्यन्त्र नसार्न आग्रह गरेको छ ।
बिहीवार विज्ञप्ति जारी गर्दै मन्त्रालयले चिकित्सकको सल्लाहमा मात्र औषधिहरू प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले समेत आधिकारिक र प्रमाणित काम कुरा गर्न गराउनुहुन र अस्पतालले उपचार भइरहेका संक्रमितहरूको अन्य अस्पतालमा पठाउनु पूर्व पठाइने अस्पतालमा उपचार हुने व्यवस्था सुनिश्चित गरे...