नवलपरासी - धानबालीका लागि पर्याप्त मल नपाउँदा कृषक चिन्तित बनेका छन् । धान खेती गरेका किसानले आवश्यक मात्रामा मल नपाएपछि धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘धानमा युरिया नहाले उत्पादन नै नहुने अवस्था छ, तीन दिनमा १२ दशमलव ५ केजी मल प्राप्त भयो, डेढ बिघा जग्गामा यो मल कतिलाई पुर्याउने’ कावासोती –१२, का कृषक छविलाल काफ्ले भन्नुभयो । यति मलले आधा समस्या समेत समस्या नहुने उहाँले बताउनुभयो । एउटा ५० केजीको बोरा चार जनाले बाँडेर लिएको उहाँले बताउनुभयो ।
‘बोरा...