बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संसदमा कानुन निर्माणको प्रक्रियामा सबै पक्षको अध्ययन अपुग भएको बताएका छन् । मंगलबार प्रदेशसभा सचिवालयमा हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सरकार र सांसदहरुले कानुन निर्माणमा पर्याप्त अध्ययन नगर्दा समस्या भएको बताए ।उनले प्रदेशसभाबाट निर्माण भएका कानुन संघ सरकारसंग बाझिएको तथा सो को थुप्रै बुँदा संशोधन गर्नु परेको र संसद्मा छलफलमा रहेका विधेयकहरुमा पनि सांसद्हरुको संशोधन प्रस्ताव धेरै आएकाले अध्ययन अपुग भएका कारण कानुन निर्माणमा समस्या आएको ब