काठमाण्डौ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्को ध्यान ऐन, कानुन बनाउनेतिर जान नसकिरहेको बताउनुभएको छ ।
आइतवार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद्काे ध्यान ऐन, कानुन बनाउनेतिर जान नसकेको बताउनुभएको हो । देशमा धेरै ऐन, कानुन बनाउनुपर्ने आवश्यकता भए पनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा ऐन, कानुनको अभाव छ । यद्यपि हामीले धेरै ऐन बनाउने का...