काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानुन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव समारोहमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले जनताको सुुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताए।उनले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतिमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्प