कञ्चनपुर : न्यायिक समितिमा लेनदेनको विषयलाई लिएर शुक्लाफाँटा नगरपालिका–११ कलवापुरका मुनिया रानाले विवाद समाधानका लागि निवेदन दिएको दुई दिनमै समस्या समाधान भयो। ‘बेलौरी नगरपालिका–६ रिछाका नन्दुराम रानालाई मुनियाले कपाली तमसुक गरी तीन लाख कर्जाका रूपमा दिनुभएको रहेछ’, शुक्लाफाँटा नगरपालिका न्यायिक समितिका कर्मचारी सुरेन्द्र भट्टले भने, ‘कर्जाका रुपमा दिइएको रकम तिर्न नन्दुले समय टार्दै आएका रहेछन्।’ न्यायिक समितिमा रकम असुल गरिदिन निवेदन गरे