२६ फागुन, गोरखा । कोरोना महामारीका कारण दुई वर्षअघि बन्द भएका गोरखाका दुई नाका अझै नखुल्दा उत्तरी गोरखाका वासिन्दा समस्यामा परेका छन् । सडकले नछोएको सो क्षेत्रमा चिनियाँ बजारबाट सामान ल्याउन सस्तो र सजिलो हुने भएकाले स्थानीय वासिन्दा चीनको नाका खुलेमा सहज हुने बताउँछन् । चीनसँग सीमा जोडिएका उत्तरी गोरखाको दुई नाका छेकम्पारको ङुइला भञ्ज्याङ […]