‘धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनस्थित बहुचर्चित गौतम बुद्ध क्रिकेट स्टेडियम सरकारले बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । करोडौं रुपैयाँ लाग्ने उक्त स्टेडियम निर्माणको प्रस्तावसहित आफूकहाँ आएका धुर्मुस-सुन्तलीलाई चन्दा उठाएर बनाउन नसकिने सुझाव दिएको पनि उनले बताए । […]