काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने बताउनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भू-उपयोगको विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश भएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई मन्त्रालयले आवश्यक गृहकार्य गरेर तत्काल कार्यान्वयनमा ल्याउने दाबी गर्नुभयो । सरकारले भू-उपयोग […]