एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी दिने भएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको दुई पार्टीको कार्यदलको बैठकले स्थानीय तहमा आएको मतपरिणामलाई आधार मानेर दुई पार्टीलाई सिट बाँडफाँड गरेको हो। ‘एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने टुंगो लगाएका छौं,’ बैठकपछि एमाले नेता सुवास नेम्वाङले भने, ‘बाँकी…