प्रचण्डलाई कुर्दाकुर्दै बालकोट जान छुटेका माधव नेपाल

माधव नेपाल प्रचण्डले बोलाउँछन् र केपी ओलीसँग कुरा गर्न जाउँला भनेर पार्टी कार्यालयमा कुरेर बसिरहे । तर प्रचण्डको बोलावट आएन । बरु प्रचण्ड बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो ।

सम्बन्धित सामग्री

प्रचण्ड हामीसँग सल्लाह नै नगरी बालकोट हिँडे : माधव नेपाल

काठमाडौं ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् । पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनमा टुटेपछि अन्याेलमा परेको छ । नयाँ सरकार गठनमा एमाले माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो […]

एकपटक हार्न परे पनि एमाले तयार हुनुपर्छ

१० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ५ असारमा डा. सुरेन्द्र मानन्धर बालकोट पुगे । १०बुँदे सहमतिपछि माधव नेपाल छोडेर एमालेमै बसेका मानन्धरलाई काठमाडौं केन्द्रित कुरा गर्न ओलीले आफ्नै निवास बालकोट बोलाएका थिए । ‘सञ्चो बिसञ्जोदेखि राजनीतिसम्म पुग्यौं । काठमाडौंमा एमालेले कसरी जित्ने भन्नेमा धेरै कुरा भयो’, मानन्धर भन्छन् । खुलेरै […]

बालकोट बैठकमा ओलीले भने- माधव नेपाल फर्कन्छन् भने कारवाही फिर्ता हुन्छ

पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटीका नेताहरूसँगको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नयाँ पार्टी खोल्ने प्रक्रियाबाट फिर्ता हुने भए कारवाही फिर्ता लिन सकिने बताएका छन् ।  पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका नेताहरूले आज ओली निवास बालकोटमा ‘निर्णायक’ वार्ता गरेका थिए । उक्त छलफलमा यसअघि माधव नेपाल निकट भनिएका नेताहरूले १४ जनामाथि गरिएको कारवाही फिर्ताको विषय उठाएका थिए ।  अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ता...

बालकोटको ‘निर्णायक’ बैठकको निष्कर्ष- अब माधव नेपाल एमालेमा फर्कँदैनन्

पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज गरेको निर्णायक छलफलले पार्टी विभाजन गरेर गएका माधव नेपाल अब कुनै पनि हालतमा एमालेका नफर्कने निष्कर्ष निकालेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए । उनीहरूले आजको छलफललाई पार्टी विवाद समाधानको निर्णायक छलफल भनेका थिए ।  ‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न स...

बालकोट वार्ता बिथोलिए एकता पक्षधर माधव नेपाल समूहमै !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षले माधवकुमार नेपालसहितसँग पार्टी एकताको सम्भावना सकिएको बताएपछि एकताका लागि प्रयास गरिरहेका नेताहरु निराश भएका छन्। अब पार्टीलाई फुटबाट जोगाउन नसकिने भन्दै उनीहरुले आफूहरु एमालेमा रहने सम्भावना लगभग सकिएको बताएका बेला एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका लागि बालकोट पुगेका […] The post बालकोट वार्ता बिथोलिए एकता पक्षधर माधव नेपाल समूहमै ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव नेपाल पक्ष छोडेका नेताहरू ओलीसँग निर्णायक वार्ता गर्न बालकाेटमा

काठमाडौँ, ७ भदौ। नेकपा (एमाले) विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन् । पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्न बालकाटे पुगेका हुन् । भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराईगायतका नेताहरुले अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बुझिएको छ […]

माधव नेपालको साथ छाडेका नेताहरु ओली निवास बालकोटमा

माधव नेपाल समूहका स्थायी कमिटि सदस्यहरु नेकपा अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। उनीहरुले निर्णायक छलफलका लागि बालकोट पुगेका हुन्।

ओली भेट्न बालकोट जाँदै विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट जाँदैछन् । भूमिगत रहेका विप्लव ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए । यद्यपि, आफूसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो रहेको छ ।पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारी