पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज गरेको निर्णायक छलफलले पार्टी विभाजन गरेर गएका माधव नेपाल अब कुनै पनि हालतमा एमालेका नफर्कने निष्कर्ष निकालेको छ ।
पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए ।
उनीहरूले आजको छलफललाई पार्टी विवाद समाधानको निर्णायक छलफल भनेका थिए ।
‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न स...