नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट जाँदैछन् । भूमिगत रहेका विप्लव ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा फर्किएका थिए । यद्यपि, आफूसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवको गुनासो रहेको छ ।पछिल्ला केही दिन यता विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी क्रान्तिकारी