दाङ : शान्तिनगर गाउँपालिका ५ रगैजाका सञ्जय भण्डारीले आफूहरूले उत्पादन गरेको मौरीको महले बजार नपाएको गुनासो गरेका छन्। गत वर्ष उत्पादन भएको करिब डेढ टन मह अहिले पनि गोदाममै थन्काएर राखेको उनले बताए।उनका अनुसार व्यावसायिक रुपमा मौरीपालन गर्न लागेको करिब १८ वर्ष भयो। विगतका वर्षहरूमा राम्रै भए तापनि २- ३ वर्षदेखि महले बजार पाउन सकेको छैन्।उनले भने, ‘पहिला जति मह उत्पादन भए पनि राम्रोसँग बिक्री हुन्थ्यो। तर, अहिले भारतबाट आउने महलगायत अन्य कारणले राम्रो मूल्य नपाउँदा मह गोदाममै थन्