झापा : उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बंगाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ।आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ।शिशुलाई उपचारका लागि साउन १५ मा सिलिगुडीस्थित हस्पिटल लगिएको सनमले बताए। हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क