जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा ४ दिनदेखि बन्धक सुत्केरी घर फर्किएकी छन्। यसबारे थाहाखबरले आजै दिउँसो उपचार खर्च तिर्न नसक्दा जुम्ल्याहा शिशुसहित सुत्केरी अस्पतालमा बन्धक शीर्षकमा समाचार प्रकाशित गरेको थियो। जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन ४ दिनदेखि अस्पतालको उपचार खर्च तिर्न नसक्दा बन्धक बनेकी थिइन्।व्यथा लागेपछि गएको असार १७ गते खातुनलाई अस्पताल