कोरोना कहरले फेरियो व्यवसाय

दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिनुभएको छ । कोरोना कहरमा बितेका आठ महिनासम्म टेन्ट हाउसको व्यापार सुनसान बनेपछि उहाँले व्यवसाय परिवर्तन गरेर जीविकोपार्जन गर्ने योजनाअनरुप कागतीखेती, कुखुरा र बाख्रापालनमा लागेको बताउनुभयो ।          “टेन्ट भाडामा दिएर वार्षिक अठारदेखि रु २० लाखसम्मको कारोवार हुन्थ्यो”, सञ्चालक जोशीले भन्नुभयो, “टेन्टका कर्मचारी पाल्न र जीविका चलाउन पनि अन्य व्यवसाय गर्नुको विकल्प भएन ।” उहाँले बिहेको मौसम आए पनि टेन्ट भाडाको कुनै व्यापार नरहेको बताउनुभयो ।          विसं २०५६ देखि महेन्द्रनगरमा टेन्ट हाउस सञ्चालन गर्दै आउनुभएका जोशीले आफूले यस्तो महाकष्टको सामना गर्नुपर्छ भनेर कल्पनासमेत नगरेको बताउनुभयो । “टेन्ट भाडामा नगएको आठ महिना भो”, उहाँले भन्नुभयो, “अन्यत्रको व्यापारले सघाउ पुग्ने आशा छ ।” जोशीले दश वर्षका लागि वार्षिक रु ८५ हजार भाडा तिर्ने गरी तीन बिघा जमिन भाडामा लिएको बताउनुभयो ।          कोरोना सङ्क्रमण बढिरहेकाले पुरानै अवस्थामा फर्किन समय लाग्ने देखेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रकाश जोशी पनि भैँसीपालनको तयारीमा जुट्नुभएको छ । गुलरीयामा मालिकाअर्जुन टेन्ट हाउस सञ्चालन गर्दै आउनुभएका जोशीले कोरोनामा व्यापार नहुँदा बैंक किस्ता तिर्न पनि गाह्रो भइरहेको बताउनुभयो । “वैकल्पिकका रुपमा यहाँ भँैसीपालन शुरु गरेका छु”, उहाँले भन्नुभयो, “तीन वटा भैँसी, एउटा पाडो र एउटा गाईपालनबाट व्यवसाय शुरु गरेँ ।” उहाँले कृषिलाई विकल्पका रुपमा मात्रै नभएर व्यावसायिक रुपमा अघि बढाउँदै लैजाने योजनामा रहेको जानकारी दिनुभयो ।          त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने पनि अधिकांश कृषि, व्यापार र व्यवसायमा लागिरहेका छन् । एघार वर्ष दुबईमा काम गरेर कोरोना कहरबाट घर फर्किनुभएका यहाँको शुक्लाफाँटा नगरपालिका–१ का पदम सिंहले पनि माछापालन, कुखुरा र बाख्रापालनको थालनी गर्नुभएको छ । “कोरोना कहरमा कम्पनी नै बन्द भए पनि यहाँ आएर आयमूलक व्यवसायमा लाग्न बडिमालिका पशुपक्षी, मत्स्य विकास फार्म दर्ता गरेर अघि बढेको छु”, सिंहले भन्नुभयो, “यसका लागि बैंकबाट ऋण लिइरहेको छु ।” उहाँले उक्त व्यवसायका लागि शुरुआतमा रु २० लाख बढी लगानी भएको बताउनुभयो । शुक्लाफाँटा–२ मा उहाँले एघार कठ्ठामा उक्त व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।          कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले पछिल्लो समय कृषि र पशुपक्षी व्यवसाय गर्ने युवा उद्यमीको सङ्ख्या बढिरहेको बताउनुभयो । “कोरोनाले गर्दा अहिले स्थानीयस्तरमै केही गरौं भन्ने भावना देखिएको छ”, सिंहले भन्नुभयो, “मन्त्रालयबाट पनि आयमूलक कृषि व्यवसायमा लाग्ने युवालाई सम्बोधन गर्नु भन्ने स्पष्ट निर्देशन छ ।”          उहाँले कोरोना प्रभावित युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले लिएको आवेदनमा कृषितर्फ मात्रै यहाँ एक हजार २०० भन्दा बढी युवाले आवेदन भरेको बताउनुभयो । “यहाँ पशुपक्षीतर्फ अझ बढी युवा आकर्षित भएको आवेदनबाट देखिएको छ ।” उहाँले भन्नुभयो, “अहिले पनि कोरोना प्रभावित भएर आएका १५ जना युवालाई दातृ निकायको सहयोगमा च्याउखेती तालीम दिइरहेका छौँ ।”          स्वदेशमा रोजगारी नभएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारत जानेको सङ्ख्या तिहारपछि झन् बढिरहेको छ । प्रदेश सरकारले नौ हजार जनालाई कृषितर्फ स्वरोजगार बनाउने लक्ष्यसहित लिएको आवेदनमा ८२ हजार बढीले आवेदन दिएका छन् ।

सम्बन्धित सामग्री

पोखरामा पर्यटन व्यवसाय संकटमा

काठमाडौं । पोखरामा पर्यटन व्यवसाय संकटमा परेको छ । ३ वर्षअघि विश्वव्यापी कोरोना महामारीले धराशायी बनाएको पोखराको पर्यटन व्यवसाय अझै फस्टाउन नसकेको पर्यटन व्यवसायीले बताएका हुन् । लगत्तै डेंगु महामारी र त्यसपछि विमान दुर्घटना आदिका कारण पर्यटनले लय लिन नसकेको र बैंक तथा वित्तीय संस्थाको ताकेताले व्यवसायीलाई मनोरोगी बनाएको उनीहरुले बताएका छन् । केही विदेशी […]

पुष्प व्यवसाय विस्तारमा लगानी अभाव

बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा परेका छन् । लामो समयदेखि कलङ्कीमा नर्सरी सञ्चालन गर्दै आउनुभएका श्याम उप्रेतीले व्यवसाय जेनतेन धाने पनि आर्थिक समस्याका कारण विस्तार गर्न नसकेको बताउनुभयो …

रात्रिकालीन व्यवसाय आजदेखि खुला हुने

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर राख्दै बन्द गरिएका रात्रिकालीन व्यवसायहरु आज (आइतबार)देखि खुला हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अघिल्लो साता गरेको निर्णय अनुसार १ फागुनदेखि रात्रिकालीन व्यवसाय खुला हुने उल्लेख छ । यसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसाय खुला भएका हुन् । आइतबारदेखि हेल्थ क्लब तथा जिमखाना […]

कोरोना मारसंगै ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

कोरोना भाइरस सङ्क्रमणको मारमा परेका चितवनका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् । गत वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको …

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १ माघ: सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’सहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको हो । रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेशमा उल्लेख छ । बैठकको निर्णय अनुसार राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय […]

‘कोरोना प्रभावित ८७ प्रतिशत उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा’

८ मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायहरु मध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो । यस सर्वेक्षणले ८७.२ […]

कोभिडप्रभावित रात्रिकालीन व्यवसाय कसरी अगाडि बढाउने ?

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र उद्योग–व्यवसाय प्रभावित बन्न पुग्यो । पर्यटन, होटल तथा ट्रेकिङ व्यवसाय कोभिडबाट बढी प्रभावित भए । हालसम्म पनि यो क्षेत्र पुरानो लयमा फर्कन सकेको छैन भने सरकारले पनि सभा–सम्मेलन, गोष्ठीलाई खुला गरेको छैन । पर्यटनकै एउटा हिस्साका रूपमा रहेको रात्रिकालीन व्यवसाय पनि ठप्प छ । रात्रिकालीन मनोरञ्जन क्षेत्र ठप्प […]

होटल व्यवसाय धरासायी बन्दै

दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि म्याग्दीको होटल व्यवसाय धरासायी बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरेर सञ्चालन गरिएको म्याग्दीका ४ सय होटल तथा रेष्टुरेण्ट व्यवसाय धरासायी अवस्थामा पुगेका छन् ।आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर सञ्चालन भएका होटलहरु कोरोनाका कारण होटल व्यवसाय धरासायी बन्दै जाँदा पलायन हुन बाध्य बनाएको […]

कोरोना फैलिएसँगै यी ६ व्यवसाय फेरि प्रभावित

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै जाँदा छवटा व्यवसाय फेरि प्रभावित बन्ने देखिएको छ। अघिल्लोपटकको सङ्क्रमणमा पनि सरकारले यिनै व्यवसायलाई सबैभन्दा पहिला बन्द गराएको थियो। आज फेरि सरकारले रेस्टुराँ, जिम, स्वीमिङ पुल, सपिङ मल, पार्टी प्यालेसमा नजान सर्वसाधारणलाई अपिल गरेको छ। यसैगरी, ७ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न भनेको छ।

कोरोना रोकथाम : रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र!

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम नियन्त्रण गर्न बनेको सिसिएमसीसमक्ष कोभिड संक्रमण बढेको भन्दै रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन गर्न प्रस्ताव गरेको छ।छिमेकी मुलुक भारत, बेलायत तथा जर्मनी र फ्रान्समा कोरोना संक्रमण बढेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई प्रस्ताव गरेको हो। पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन पालना गर्न लगाउने र त्यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा