वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ नेपालीको विभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ । आजभन्दा १८ वर्षअघि अर्थात् १६ भदौ २०६१ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीलाई विभत्स रूपमा हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशभर विरोध प्रदर्शन भयो । काठमाडौं उपत्यकामा कर्फ्यू जारी गर्नुपरेको थियो ।रोजगारीको खोजीमा इराक पुगेका १२ नेपाली ४ भदौमा आतंककारीको अपहरणमा परे । बन्धक बनाएपछि एकजनाको घाँटी रेटेर र बाँकी ११ जनाको गोली प्रहार गरी हत्या गरेको थियो । वैदेशिक रोजगारीका लागि पुगेका नेप