राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन् । पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेण्डा स्थापित गराउन आन्दोलनमा होमिने उनको भनाइ थियो । मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक संकटग्रस्त भएको दावी गर्दै भ्रष्टाचारले देशलाई थला पारेको टिप्पणी गरे । धर्म परिवर्तन, वेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादित