काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) बीच एकता भएको छ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी एकता भएको हो। दुई पार्टीबीच असोज ६ गते पार्टी एकताको सहमति भएको थियो।एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी हुने र चुनाव चिह्न कलम हुने समझदारी बनेको छ। राईले नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी दर्ता गरेका थिए। उनी नेता नेपालनिकट विद्यार्थी नेता हुन्।