असार २७, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा अधिकारीलाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो । अधिकारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।